एसिया प्यासिफिक स्काउट एण्ड गाइड फेलोसिपको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

एसिया प्यासिफिक स्काउट एण्ड गाइड फेलोसिपको बैठक सुरु

ललितपुर, १९ फागुन । एसिया प्यासिफिक स्काउट एण्ड गाइड फेलोसिपको छैटौ बैठक ललितपुरमा सुरु भएको छ । इन्टरनेश्नल स्काउट एण्ड गाएड फेलोसिपकको बैठक शनिबारबाट सुरु भएको हो ।

नेपालमा पहिलो पटक भएको बैठकमा अष्टेलिया, बंगलादेश भारत इन्डोनेशिया मालदिप्स नेपाल पाकिस्तान दक्षिण कोरिया श्रीलंका र थाइल्याड गरि दश राष्टका २५ जना प्रतिनिधिहरुको सहभागीता रहेको छ । कार्यक्रममा नेकपा माओवादीका केन्द्रका प्रवक्ता पम्फा भुसालले बिश्वलाइ स्काउटले भातृत्वको भावनाले जोडेको बताउदै नेपालमा बिपत परेको बेलामा स्काउटले सहयोग गरेको बताए ।

यस बैठकले आगामी बर्षका लागी निती तथा कार्यक्रम तय गर्नुका साथै गत दुइ बर्षका गतिबिधीहरुको समिक्षा गर्ने एसियएन प्यासिफिक स्काउट एण्ड गाइड फेलोसिपका सदस्य एवम नेपाल स्काउट एण्ड गाइड फेलोसिपका अध्यक्ष श्री राम लामिछानेले जानकारी दिए । यस संस्थाले विश्वका सब्रिय स्काउटहरुको गतिबिधिमा आर्थिक तथा प्राबिधिक सहयोग गर्दै आइरहेको छ ।