मोदी जलविद्युतको काम अघि बढाउन नदिने स्थानीयको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मोदी जलविद्युतको काम अघि बढाउन नदिने स्थानीयको चेतावनी

high tension

पोखरा, १२ माघ ।  पोखरा महानगरपालिकाका केही स्थानीयहरु मोदी जलविद्युत् परियोजनाको हाइटेन्सन लाइनले गर्दा चिन्तित भएका छन् । मोदी जलविद्युत् परियोजनको हाइटेन्सन लाइन आफ्नो घर तथा जग्गाबाट लगिने भएपनि उनीहरु चिन्तित भएका हुन् । आफुहरुको बसोबासको उचित व्यवस्थापन तथा माग अनुसारको मुआब्जा नदिए जलविद्युत् परियोजनाको काम नै अघि बढाउन नदिने स्थानीयहरुले चेतावनी दिएका छन् ।

पोखरा महानगरपालिका वडा नं. १९, १६, २०, १३, २७ र २८ का घर तथा जग्गाहरुमा मोदी जलविद्युत् परियोजनाको हाइटेन्सन लाइन पर्ने भएपछि यतिखेर त्यहाँका बासिन्दाहरु चिन्तामा छन् । परियोजनको हाइटेन्सन लाइनका कारण कतिलाई घरबारबिहीन हुने चिन्ता भने कतिलाई पुर्खाैँदेखि खेती गर्दै आएको जग्गा गुम्ने डर छ । जग्गाको उचित मुआब्जा तथा विस्थापितलाई पुर्नस्थापनाका लागि उचित क्षतिपुर्ति दिनु पर्ने स्थानीयको माग छ ।

परियोजनका इन्जिनियर सुरज गुरुङले भने परियोजनाको शुरुवाती योजना अनुुसार कै रुटमा लाइन लगिएको बताउनु भयो । गुरुङका अनुसार स्थानीयहरुलाई सम्बन्धित वडा कार्यालयहरुले नै जानकारी गराई सिफारिस गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);