राष्ट्र बैंकको ६४औँ वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता साईकल र्‍याली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्र बैंकको ६४औँ वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता साईकल र्‍याली

nepal rastra bank

काठमाडौं, ७ बैशाख । नेपाल राष्ट्र बैंकले आफ्नो ६४ औ बार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता साईकल र्‍याली गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुको समेत सहभागितामा नेपाल राष्ट्र बैंकले शनिबार केन्द्रीय कार्यालय बालुवाटारबाट साईकल र्‍याली सुरु गरेको हो ।

राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपालले रिबन काटेर साईकल र्‍यालीको उद्घाटन गरेका थिए ।

वित्तीय साक्षारताको साथै नेपाल सरकारले अघि सारेको सबै नेपालीको बैंक खाता बनाउने अभियानलाई सहयोग पुर्याउने उद्देश्यका साथ साईकल ¥याली आयोजना गरिएको कार्यक्रमका संयोजक एवं नेपाल राष्ट्र बैक सुपरिवेक्षण महाशाखाका प्रमुख महेश्वरलाल श्रेष्ठले जानकारी दिए ।

बालुवाटारबाट सुरु भएको वित्तीय साक्षारता साईकल र्‍याली काभ्रेको नालास्थित श्री चण्डेश्वरी उच्च माध्यमिक विद्यालयमा पुगी समापन भएको छ । साईकल र्‍यालीमा गर्भनर नेपाल सहित बैकका सबै विभागिय प्रमुखहरुको सहभागीता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);