बैतडी घटनाको अनुसन्धान निर्मला पन्त प्रकरणजस्तै नहोस् भन्दै नेकपा अध्यक्ष दाहाल–नेपालद्धारा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बैतडी घटनाको अनुसन्धान निर्मला पन्त प्रकरणजस्तै नहोस् भन्दै नेकपा अध्यक्ष दाहाल–नेपालद्धारा सरकारको ध्यानाकर्षण

काठमाडाैं, २४ माघ । नेकपा दाहाल–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले बैतडी घटनाको अनुसन्धान निर्मला पन्त प्रकरणजस्तै नहोस् भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

माघ २२ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै उक्त घटनामा सरकारलाई गैरजिम्मेवार नबन्न आग्रह गरिएको हो । दाहाल–नेपालले शनिबार विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गरेर दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

विगतमा निर्मला पन्तको हत्या भएको र हालसम्म आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);