विपक्षी गठबन्धनका नेताबीच सर्वोच्च अदालतमा दर्ता गरिएको मुद्दा कसरी लड्ने भन्ने विषयमा छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विपक्षी गठबन्धनका नेताबीच सर्वोच्च अदालतमा दर्ता गरिएको मुद्दा कसरी लड्ने भन्ने विषयमा छलफल

काठमाडाैं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरिएको मुद्दा कसरी लड्ने भन्ने विषयमा विपक्षी गठबन्धनका नेताहरूबीच छलफल भएको छ ।

मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो ।

विपक्षी गठबन्धनका नेताबीच मंगलबारको भेटमा ’न्यायिक लडाइँ कसरी लड्ने भन्नेबारेमा छलफल’ भएको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । अदालतमा हुने मुद्दाको बहस र त्यसका लागि कानुन व्यवसायीको व्यवस्थापनबारे छलफल हो ।

बहसका लागि कानुन व्यवसायीहरुलाई अनुरोध गर्ने भन्ने बारेमा छलफल नेता लेखकले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);