खाना पकाउने ग्यासको मुल्य कति पुग्यो ? | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

खाना पकाउने ग्यासको मुल्य कति पुग्यो ?

nepal-oil-nigam-

काठमाडौं, १४ असोज । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । निगमले विज्ञप्तिमार्फत मुल्य कढेको बारे जानकारी दिएको हो ।

निगमको अनुसार हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० (प्रतिलिटर करिब ८ रुपैयाँ) बढेको छ ।

त्यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य पनि २१५ रुपैयाँ बढेको छ । मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १८५ रुपैयाँ र डिजेल तथा मट्टितेलको १७९ रुपैयाँ पुगेको छ भने यस्तै एलपी ग्यासको २११० रुपैयाँ पुगेको छ ।

शनिबार इन्डियन आयल कर्पोरेशनले मूल्य बढाएर पठाएसँगै निगमले पनि बढाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);