नयाँ सरकार गठनपछि पेट्रोलियम पदार्थको मूल्य चौंथोपटक वृद्धि | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

नयाँ सरकार गठनपछि पेट्रोलियम पदार्थको मूल्य चौंथोपटक वृद्धि

petrol

काठमाडौं, २० जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन/तीन रुपैयाँ बढाएको छ । मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११३ तथा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ९५ रुपैयाँ पुगेको छ । नयाँ सरकार गठनपछि साढे तीन महिनाको अवधिमा पेट्रोलियम पदार्थको भाउ चौंथोपटक बढाइएको हो ।

पछिल्लोपटक जेठ ३ गते पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँ बढाइएको थियो । मूल्य वृद्धिका बाबजुद पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५९ पैसा तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ ४९ घाटा रहेको निगमले जनाएको छ । निगमले मासिक रुपमा अझै १८ करोड ६२ लाख रुपैयाँ घाटा रहेको भन्दै त्यो घाटा मूल्य स्थिरीकरण कोषबाट व्यहोर्ने बताएको छ । उक्त कोषमा साढे ४ अर्ब रुपैयाँ छ ।

ताजा समाचार