निर्मला पन्तको हत्या भएको ५ महिना पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

निर्मला पन्तको हत्या भएको ५ महिना पुरा

पुष्कर भट्ट

कञ्चनपुर, १६ पुस । कञ्चनपुरकी १३ वर्षीय वालिका निर्मला पन्तको हत्या भएको ५ महिना पुरा भएको छ । तर, अहिले सम्म पनि हत्यारा पत्ता लाग्न सकेको छैन । आइतवार कञ्चनपुर आएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै पनि हालतमा हत्यारा पत्ता लगाएर छोड्ने बताएका छन् । उनले घट्नाका विषयमा प्रहरीहरु खटिएर काम गरेको बताए ।

आइजीपी खनाल निर्मलाका हत्या पछि दोस्रो पटक कञ्चनपुर आएका हुन् । उनले निर्मलाका विषयमा विभिन्न सरोकारवालाहरुसंग छलफल गरेपनि घट्नालाई ओझेलमा पार्ने षडयन्त्र भईरहेको आफन्तले आरोप लगाएका छन् ।

गत साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी निर्मलाको साउन ११ गते उखुवारीमा मृत्यु अवस्था शव भेटिएको थियो । निर्मलाको मृत्यु भएपछि अहिले यो घट्ना देश देखि विदेशसम्म चर्चामा छ ।

सरकारले पनि हत्यारा पत्ता लगाउन छानविन समिती बनाएको छ । तर, समितीले हत्यारा प्रक्राउ गर्न सकेको छैन । सोमवार पनि निर्मलाको न्यायाका लागि कञ्चनपुर बन्द आव्हान गरिएको थियो । तर, त्यसको कुनै प्रभाव भने देखिएन।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);