पुनर्निर्माण सम्पन्न भएका तीन सयलाई प्रमाणपत्र वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

पुनर्निर्माण सम्पन्न भएका तीन सयलाई प्रमाणपत्र वितरण

रामेछाप, १६ पुस । रामेछाप जिल्लामा पहिलो पटक भूकम्प प्रतिरोधी घरको पुनर्निर्माण सम्पन्न गरेकालाई प्रमाणपत्र वितरण गरिएको छ । सामुदायिक विकास समाज रामेछापद्धारा संचालित आवास पुननिर्माण सहायता परियोजना मार्फत निर्माण भएका घरहरुलाई पहिलोपटक लिखु तामाकोसी गाउँपालिकाले जिल्लामै पहिलोपटक तीन सय घरको निर्माण सम्पन्न प्रमाणपत्र वितरण गरेको हो ।

अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार आयोजना रामेछापका प्रमुख कृष्णलाल पीया र भवन विभागका प्रमुख प्रभाकरलाल कर्णले घर निर्माण सम्पन्न प्रमाण पत्र वितरण गरेका हुन् । आफुले बनाएको घरको भूकम्प प्रतिरोधी भएको प्रमाणित प्रमाणपत्र पाउँदा स्थानीयहरु निकै हर्षित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);