असोज २ गते निर्वाचन हन्छ, बाढीको प्रभाव पर्दैनः निर्वाचन आयोग | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

काठमाडौँ, ५ भदौ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले असोज २ गते निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गर्नुभएको छ ।

 

 

बाढीपछिको अवस्था र निर्वाचनको तयारीबारे बुझ्न सप्तरीको राजविराज आउनुभएका प्रमुख आयुक्त यादवले सोमबार जिल्ला निर्वाचन कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बाढीले भत्काएका सबै संरचना समयमै दुरुस्त हुने भएकाले निर्वाचन तोकिएकै मितिमा हुने बताउनुभयो ।

 

 

क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण समयमा हुन नसके पाल र टेन्ट गाडेरै भए पनि मतदान केन्द्र बनाउने बताउनुभयो । असोज २ गते हुने तेस्रो चरण निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल सहभागी हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);