राजनीतिकर्मीले सही व्यवहार गर्नुपर्नेमा नेता पौडेलको जोड | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ, ६ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीति तथा पार्टीप्रति राम्रो आस्था बनाउन राजनीतिकर्मीले सही व्यवहार गर्नुपर्ने बताएका छन् ।

 

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले मंगलबार काठमाडौंमा गरेको स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा उनले यस्तो जनाएका छन् । उनले भ्रष्टाचारका कारण समाजमा विकृति बढ्दै गएको र राजनीतिक क्षेत्रमा समेत अस्थिरता आएको जिकिर गरेका छन् । उनले देशभित्र नै रोजगारी, शिक्षा र स्वास्थ्यको विकास गरिनु अति आवश्यक रहेको पनि धारणा व्यक्त गरेका छन् ।

 

कार्यक्रमम स्थानीय जनप्रतिनिधिहरुले जनप्रतिनिधिले स्वतन्त्र रुपले काम गरिनुपर्नेमा जोड दिएका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);