देशमा विकासको अन्तिम धक्का दिने चाहना छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८३, बिहीबार

चितवन, १४ मंसिर । नेकपा (माओवादीे केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको मन बुझेर देशको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले विहीबार संवाददातासँग कुराकानी गर्दै विकासको अन्तिम धक्का दिने आफ्नो चाहना रहेको बताएका हुन् ।

उनले भने– “मलाई विश्वास गर्नुस्, राष्ट्रिय अन्तरराष्ट्रिय रुपमा मेरो पहुँच छ, जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्ने छु ।”
समाजवादले जनतालाई के दिन्छ भन्ने अर्को प्रश्नमा उनको जवाफ थियो, “हामी समाजवादको लक्ष्यमा पुग्न चाहेका छौँ, त्यसका लागि देशमा विकासनिर्माण र आर्थिक वृद्धि हुन जरुरी छ ।” पूर्वप्रधानमन्त्री दाहालले अब बन्ने वाम गठबन्धनको सरकारले विकासनिर्माण र आर्थिक वृद्धि गर्ने जिकिर समेत गरे ।

घरदैलो अभियानका क्रममा जनताले विकास र संमृृद्धि मात्रै चाहेका र त्यसमा पनि सडक, बिजुली र खानेपानी मुख्य रहेको दाहालले बताए । क्षेत्र नं ३ का जनताले नदी तटबन्धन र वन्यजन्तुबाट सुरक्षाको माग गरेको पनि उनले बताए ।

 

ताजा समाचार