'देशकाे इतिहास र संस्कृतिप्रति गर्व गर्ने मानसिकताको विकास मुख्य चुनौती' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

‘देशकाे इतिहास र संस्कृतिप्रति गर्व गर्ने मानसिकताको विकास मुख्य चुनौती’

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवाहरु जागरुक हुन थालेको बताउनुभएको छ । भक्तपुरमा शुक्रवार आयोजित चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले युवाहरूमा श्रमकाे भावना पलाएकाे बताउनुभएको हो ।

उहाँले आफू देशका विभिन्न स्थानहरुमा जाँदा अहिले धेरै ठाउँमा युवाहरु र नागरिक पनि आफ्नै देशमा रोजगारी सिर्जन गर्ने अभियानतर्फ लागेको पाएको बताउनुभयो । उहाँले उनीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताउनुभयो । विदेश जाने मनोवृत्तिलाई विस्तारै परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले देशभित्रै सम्भावना र सम्भव रहेको पनि बताउनुभयो । आफ्नो देश, इतिहास, विकास, प्रक्रिया र संस्कृतिप्रति गर्व गर्ने मानसिकताको विकास आजको ठूलो चुनौती रहेको बताउनुभयो । गौरवशाली इतिहास र प्रकृतिबाट नै आफ्नै विकासको मौलिक मोडेल आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सकिने बताउनुभयो ।

अध्यक्ष दाहालले पर्यटन विकासको निम्ति के गर्न सकिन्छ भन्नेकुरा योजना बनाएर अघि बढ्न जरुरी रहेको बताउनुभयो । आफ्नो पालिकाको वस्तुस्थिति बुझेर पालिकाहरुले आफ्नो पालिकामा कुन कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने योजना बनाउन जरुरी रहेको बताउनुभयो ।

 

Leave a Reply