८ मन्त्रीले आजै सपथ लिने, ६४ सदस्यीय बन्ने भयो मन्त्रिपरिषद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाण्डौँ, २८ असोज । निर्वाचन अयोगसँग राष्ट्रपतिको छलफलपछि अन्ततः मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नियुक्त गरेका चारजना मन्त्री र चारजना राज्यमन्त्रीको सपथ आज बेलुकी ७ बजे हुने पक्का भएको छ ।

निर्वाचन आयोगका पदाधिकारसँगको छलफल पछि राष्ट्रपतिले बेलुकी ७ बजे सपथको समय निर्धारण गरेको प्रधानमन्त्री प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

सरकार विस्तार गर्न मिल्ने नमिल्ने भन्ने बारेमा राष्ट्रपति भण्डारीले निर्वाचन आयोगसँग छलफल गरेकी थिइन् । छलफलमा आयोगका आयुक्तहरुले आचार संहिता लागु भइसकेपछि यसअघि पनि सरकार विस्तार भएकाले अब पनि सरकार विस्तार हुन सक्ने बताएका थिए ।

प्रधानमन्त्री देउवाले शुक्रबार राप्रपाका चारजना मन्त्री र चारजना राज्यमन्त्री थप्दै मन्त्रीपरिषद विस्तार गर्ने निर्णय गरेका हुन् । मन्त्री थपिएसँगै देउवा नेतृत्वको मन्त्रिपरिषद् ६४ सदस्यीय भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);