मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको लागि पाइप गाड्ने काम सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको लागि पाइप गाड्ने काम सुरु

petrolium pipeline

श्याम गुप्ता,
बारा, ५ बैशाख । मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको लागि भुमिगत रुपमा पाइप गाड्ने काम सुरु भएको छ । नेपालमा पेट्रोलिय इन्धन आपुर्तीको लागि महत्वपूर्ण मानिएको योजनाको पाइप लाइन बिस्तार १५ महिनामा सक्ने आयोजनाको दाबी छ ।

मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको लागि भुमिगत रुपमा पाइप गाड्ने काम मंलबारबाट सुरु भएको हो । अमलेखगन्जदेखि रक्सौलसम्म ३६ दशमलव २ र रक्सौलदेखि मोतिहारीसम्म ३२ किलोमिटरमा पाइप बिच्छाइने छ । भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म पाइप गाड्ने काम सुरु भएपछि नेपालतर्फ पनि सुरु गरिएको हो । भारतीय कम्पनी लिखिथा कम्पनीले पाइप लाइन विस्तारको काम गरिरहेका छ । आयोजनाले पाइप लाइन बिस्तार १५ महिना भित्र सक्ने दाबी गरेको छ ।

निर्धारित समयमै आयोजनाको काम सक्न नेपाल र भारतका गरी तीन सय बढी प्राविधिक खटाइएको छ । मोतिहारीदेखि रक्सौलसम्म पाइप बिच्छाउँन भारतीय २ सय ७५ करोड लाग्नेमा २ सय करोड भारतीय पक्ष र बाँकी नेपालले खर्च गर्ने छ । नेपाल सरकारले सययमा आयोजनाको काम सक्न आवश्यक पर्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । भारत भ्रमणका प्रधानमन्त्री केपी शर्मा ओली समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाटै संयुक्त रुपमा योजनाको शिलन्यास गर्नुभएको थियो । पेट्रोलियम पाइपलाइन बिस्तार समयमै सम्पन्न भए नेपालमा देखिएको प्रेट्रोलियम पदार्थको समस्या समाधान हुने विश्वास छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);