वैशाख ६ र ७ गते आफ्ना वालवालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाऔ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

वैशाख ६ र ७ गते आफ्ना वालवालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाऔ

vitamin

काठमाडौं, ५ बैशाख । सरकारले देशभर पाँच वर्ष मुनिका बालबालिकालाई विहीबार र शुक्रबार भिटामिन ए र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ ।

महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूले उक्त अभियानलाई सक्रियताका साथ सहयोग गरिरहेका पनि छन् । तर कतिपय अभिभावकमा भिटामिन ए नखुवाए के नै हुन्छ ? र भन्ने सोच छ । भिटामिन ए नखुवाउँदा हुने बेफाइदा बारे नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. सुनिलराजा मानन्धरको भनाई यस्तो छ ।

बालबालिकालाई भिटामिन ‘ए’ किन खुवाउने

—रतन्धो रोगबाट जोगिन ।
—श्वासप्रश्वास सम्बन्धी समस्यामा राहत पाउन ।
—आँखा तेजिलो बनाउँन ।
—छाला सम्बन्धी रोगमा राहत पाउन ।
—रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न ।
—भिटामिन ‘ए’युक्त साग, सब्जी, फलफूल पर्याप्त मात्रामा खानुपर्छ ।

स्वास्थ्यसम्बन्धी संदेश

भिटामिन ‘ए’नखुवाउँदा के हुन्छ

—बालबालिकाको वृद्धि विकासमा समस्या हुन्छ ।
—रतन्धो रोग लाग्ने खतरा बढी हुन्छ ।
—रोग प्रतिरोधात्मक क्षमता कमजोर भएर जान्छ ।
—आँखाको ज्योति कमजोर हुन्छ ।

डा. सुनिलराजा मानन्धर, नवजात शिशु तथा बालरोग विशेषज्ञ,

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);