७ र ८ कात्तिकमा ‘भिटामिन ए’ खुवाउने अभियान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

७ र ८ कात्तिकमा ‘भिटामिन ए’ खुवाउने अभियान

vitamin a

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी ७ र ८ कात्तिकमा भिटामिन खुवाउने अभियान सञ्चालन गर्ने भएको छ। यसअघि २ र ३ कात्तिकमा तय भएको अभियान दशैंका कारण मिति सारिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको सिफारिसमा तोकिएको मितिमा बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधिसँगै बालभिटा पनि दिइनेछ। जसमा ६ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा (बहुसूक्ष्म पोषक तत्व), ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइदै छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पनि सहजीकरणमा हुने कार्यक्रम सात सय ५३ वटै स्थानीय तहमा सञ्चालन हुनेछ। 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);