काठमाडौं, २० असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रदेश र स्थानीय तहलाई उचित बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन् ।
महामन्त्री कोइरालाले संघीयतालाई कार्यान्वयन गर्ने हो भने सरकारले स्थानीय र प्रदेश सरकारलाई उचित बजेटको व्यवस्था गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे । शनिबार काठमाडौंमा आयोजित ‘विपीको प्रजातान्त्रिक समाजवाद, संघीयता र आर्थिक समृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीयताको बास्तविक कार्यान्वयनका लागि सरकार गम्भिर बन्न नसकेको आरोप लगाए ।
सरकारले बलात्कार, हत्या लगायतका घटना नियन्त्रण गर्नुको साटो ढाकछोप गरिरहेको महामन्त्री कोइरालाको आरोप छ । काँग्रेस महामन्त्री कोइरालाले मुलुकलाई समृद्ध बनाउन युवा परिचालनमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए । उनले पार्टीको विधानमा युवा परिचालनसम्बन्धि विशेष व्यवस्था गर्न पहल गर्ने आश्वासन पनि दिएका छन् ।




