सरकारले स्थानीय तहका कर्मचारीलाई तलव खुवाउने व्यवस्था गर्न नसकेको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारले स्थानीय तहका कर्मचारीलाई तलव खुवाउने व्यवस्था गर्न नसकेको आरोप

काठमाडौं, १९ मंसिर । गाउँपालिका राष्ट्रिय महासंघ, नेपालले सरकारले स्थानीय तहको कर्मचारीलाई तलव खुवाउने व्यवस्थासमेत नगरेको भन्दै असन्तुष्टि जनाएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहका कर्मचारीलाई अझै तलव खुवाउने व्यवस्था समेत गर्न नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे । उनले स्थानीय तहलाई तत्काल आवश्यक स्रोत, साधनको उचित व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।

सरकारले निर्णय, कार्यान्वयन, अनुगमन र बजेटको उचित व्यवस्था नगर्दा स्थानीय तहको काम प्रभावकारी हुन नसकेको अध्यक्ष श्रेष्ठको दावी छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले संघीय ऐनहरुले संविधानको भावनालाई आत्मसात गर्न नसकेको आरोप लगाए ।

अध्यक्ष श्रेष्ठले सरकारको तह अनुसार विकास आयोजनाको तह निर्धारण गर्न ढिलाई नगर्न पनि सरकारको ध्यानाकर्षण गराए । विकास आयोजनाको कामलाई छिटो सम्पन्न गराउन संघ, प्रदेश र स्थानीय तहको छुट्टाछुट्टै विकास आयोजनाको तह निर्धारण गर्नुपर्ने महासंघको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);