मुलुकको राजनीति सफा र निस्कलंक बनाउन ढिलाई गर्न हुँदैन : महामन्त्री कोइराला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८३, शनिबार

मुलुकको राजनीति सफा र निस्कलंक बनाउन ढिलाई गर्न हुँदैन : महामन्त्री कोइराला

डा. शशांक कोइराला

काठमाडौं, २२ भदौ । नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले मुलुकको राजनितिको स्तर खस्केको टिप्पणी गर्नु भएको छ ।  काँग्रेस महामन्त्री कोइरालाले विपी कोइरालाबाट सिकेर मुलुकको राजनीति सफा र निस्कलंक बनाउन ढिलाई गर्न नहुने बताउनु भयो ।

आइतबार काठमाडौंमा ‘विपी कोइरालाको डायरी’ लोकार्पण कार्यक्रममा बोल्दै उहाँले विपी कोइराला पहिले बामपन्थी भएको भएपनि भारतीय नेताहरुको प्रभावमा उहाँ प्रजातन्त्रवादी भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै काँग्रेस नेता शेखर कोइरालाले संविधान विपरित अघि बढेको भन्दै सरकारको आलोचना गर्नु भयो । उहाँले प्रदेश र स्थानीय तहको सबै अधिकारमा संघीय सरकारले हस्तक्षेप गरिरहेको बताउनु भयो ।

नेता कोइरालाले मुलुकमा भ्रष्टाचार व्याप्त हुँदा पनि सरकारले नियन्त्रणका लागि ठोस पहल गर्न नसकेको आरोप लगाउनु भयो ।