संसदीय समितिका सभापतिको आलोचना नगर्न सभामुखकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

संसदीय समितिका सभापतिको आलोचना नगर्न सभामुखकाे आग्रह

krishana mahara

काठमाडौं, १९ असोज । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय समितिका सभापतिहरुको आलोचना नगर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पत्रकारहरुलाई प्रवेश निषेध गरेको विषयलाई लिएर सभापति शशी श्रेष्ठको आलोचना भईरहेका बेला सभामुख महराले कामै सुरु नभएको भन्दै आलोचना गर्न नहुने बताए ।

शुक्रबार दसैं, तिहार र छठ पर्वको अवसर पारेर दाङ–काठमाडौं पत्रकार समाजले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमपछि संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले समितिले गृह र रक्षा मन्त्रालयको संवेदनशील विषयमा पत्रकारहरुलाई निषेध गरेर छलफल गर्न सक्ने प्रावधान रहेको उनले बताए ।

तर आम रुपमा भने पत्रकारहरुलाई कुनै पनि समितिले निषेध नगरेको र नगर्ने सभामुख महराको भनाइ छ । सभामुख महराले संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विकास तथा प्रविधि समितिको निर्णयमाथि हस्तक्षेप गरेको भन्न नमिल्ने प्रतिक्रिया दिए । उनले सरकारलाई आवश्यक निर्देशन दिने काम संसदीय समितिको स्वायत्त अधिकार भएको बताए ।

बिहीबार बसेको विकास तथा प्रविधि समितिको बैठकको निर्णय प्रक्रियामा मन्त्री बास्कोटाले हस्तक्षेप गरेका थिए । सभामुख महराले सो सम्बन्धमा आफूलाई विस्तृत जानकारी नभएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);