संसदमा प्रधानमन्त्रीसंग प्रश्नोत्तर कार्यक्रम प्रभावकारी बनाउँछौ : सभामुख महरा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संसदमा प्रधानमन्त्रीसंग प्रश्नोत्तर कार्यक्रम प्रभावकारी बनाउँछौ : सभामुख महरा

sabhamukh mahara

काठमाडौं, १७ माघ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले ‘संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रमलाई प्रभावकारी बनाउने बताएका छन् । सभामुख महराले संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमलाई प्रभावकारी बनाउन बेलायती संसदको अनुभव फलदायी हुने विश्वास पनि व्यक्त गरे । बेलायती संसदको अनुभव र नेपालको आफ्नै मौलिकता र विशेषतालाई समावेश गरेर सो कार्यक्रमलाई प्रभावकारी बनाउने सभामुख महराको योजना छ ।

बिहीबार संसदीय मामिला पत्रकार समाजले आयोजना गरेको ‘संसदमा प्रश्नोत्तर र प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा महराले संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई प्रभावकारी बनाउन संसदको नियमावलीनै परिमार्जन गरेर अघि बढने योजना रहेको उल्लेख गरे ।

कार्यक्रममा बेलायती संसद ‘हाउस अफ कमन्स’का पूर्व सचिव एलेष्टर डोहर्टीले बेलायती संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको विधि र प्रक्रियाका विषयमा जानकारी गराएका थिए ।

त्यसक्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई प्रभावकारी बनाउन जनतासँग जोडिएका विषयमा केन्द्रित हुनुपर्ने सुझाव दिएका थिए । नेपालको संघीय संसदमा पहिलो पटक प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सूरु गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);