कारवाही तथा जरिवाना रकम बढाएकोमा यातायाता व्यवसायीको विरोध | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

कारवाही तथा जरिवाना रकम बढाएकोमा यातायाता व्यवसायीको विरोध

gadi banda

काठमाडौं, ४ असोज । सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गरी कारवाही तथा जरिवाना रकम बढाएको बिरोधमा व्यवसायीहरुले काठमाडौ– हेटौडा सुमो सेवा अवरुद्ध गरेका छन ।

सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गरी कारवाही तथा जरिवाना रकम बढाएको बिरोधमा सार्वजनिक यातायातका चालकहरुले विरोध गर्दै आएका छन । ऐन संसोधनको माग गर्दै चालकहरुले सार्वजनिक यातायात नै संचालन नगरेपछि त्यसको असर सर्वसाधरणमा परेको छ । यातायात व्यवसायीहरुले काठमाडौ हेटौडा सुमो सेवा बन्द गर्दा दशैको मुखमा राजधानी वाहिरीने र भित्रिने यात्रुहरु गन्तव्यमा पुग्न सकेका छैनन ।

यातायात जस्तो अत्यावस्यक सेवा बन्द गर्न नहुने भन्दै यातायात संचालनमा सरकारले सहयोग गर्नुपर्ने यात्रुहरुले वताएका छन । ऐन संसोधनको माग गर्दै धादिङमा समेत व्यवसायीहरुले यातायात सेवा बन्द गरेका छन । यस्तै इन्धनमा वढेको मूल्य समायोजनको माग गर्दै शुक्रवारवाट दशैका लागि अग्रीम टिकट वुकिङ खुला गर्ने सहमति गरेपनि वुकिङ नखोल्ने वताएका छन । चाडवाडको मुखमा यातायात व्यवसायीको आन्दोलनका कारण यात्रुहरु मर्कामा परेका छन ।