पर्यटक भिसाको डरलाग्दो 'सेटिङ' विमानस्थलमा मानव तस्करको सञ्जाल ! | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

पर्यटक भिसाको डरलाग्दो ‘सेटिङ’ विमानस्थलमा मानव तस्करको सञ्जाल !

tourist visa

काठमाडौं, ४ असोज । दुवई जान लागेका तीन नेपाली महिलालाई यही साता नयाँदिल्ली अध्यागमनले काठमाडौं फिर्ता पठाईदियो । पर्यटक भिसामा गएका उनीहरुका पासपोर्टमा लो प्रोफाईल भन्ने टिप्पणीसमते लेखिदियो । उनीहरु यसअघि कुनै देश गएका थिएनन् । पर्यटक हैसियत प्रस्ट्याउन सकेनन् ।

भारतीय अध्ययगमनले मानव तस्करको सञ्जालमा परेको आशंका गर्यो । तीनै जनालाई एयर इन्डियाले काठमाडौं फिर्ता ल्याएपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्तलमा मानव तस्करीको सेटिङ चालु रहेको शांक बढेको छ । पर्यटक भिसा उपलब्ध गराएर दुबई पठाउने र त्यहीबाट मानव तस्करी गर्ने समुहहरु सक्रिय रहेको अघिल्लो महिना पनि पाईएको थियो । साउन १ गते एयर अरेबिया र फ्लाई दुबइमार्फत दुबई उड्न आँटेका ५० यात्रु अफलोड गरिएका थिए ।

विमानस्थलका तत्कालीन वरिष्ठ अध्यागतम अधिकृत भीमराज पोखरेलले दुरदराजको गाउँबाट आएका र कमजोर आर्थिक हैसियत भएकाहरुको पर्यटक भिसामा शका गरेर रोके ।, यो खबर आजको कान्तिपुर दैनिकमा मुख्य खबर रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);