टिकट बुकिङमा सरकार-व्यवसायी दोहोरी : छतमा मिलेन कुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौँ, २२ भदौ । दसैं सुरु हुन दुई साता मात्र बाँकी हुँदासमेत उपत्यकाबाट बाहिरिने यात्रुका लागि खोलिने अग्रीम टिकट बुकिङ यस बर्ष पनि खुल्न सकेको छैन । व्यवसायीले आफ्नो माग सम्बोधन गर्न सरकारसँग सौदाबाजी गर्दा त्यसको प्रतक्ष्य मार उपत्यकाबाट बाहिरिने लाखौं यात्रुमा पर्ने देखिएको छ।

एक साताअघि यातायात व्यवस्था विभागमा भएको छलफलमा केही माग सम्बोधन भए बिहीबार ९आज० देखि बुकिङ खुल्ला गर्न राजी भएका व्यवसायीले सरकारसँग सौदाबाजी गरेका छन् । विभागले आफ्नो कुनै पनि माग पुरा नगरेको भन्दै निर्धारित समयमा बुकिङ तयारी नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।

सरकारले दुर्घटना बढाएको भन्दै हटाएका बसको छत पुन: राख्न पाउनुपर्ने व्यवसायीको माग छ । पुन: छत राख्न नपाए टिकट बुकिङ नै नखोल्ने बताएका छन् । यस्तै भाडा वृद्धि र सडकको अवस्था सुधार गर्नुपर्ने माग पनि व्यवसायीको छ। आजको कारोबारमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);