चुनावी समीक्षा गर्न कांग्रेस भातृ संगठनको माग | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८१, आइतबार

चुनावी समीक्षा गर्न कांग्रेस भातृ संगठनको माग

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका विभिन्न भातृ संगठनले निर्वाचनको परिणामलाई लिएर पार्टी नेतृत्वप्रति प्रश्न उठाउँदै चुनावी समीक्षा हुनुपर्ने माग गरेका छन् ।

उनीहरुले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको पक्षमा आएको परिणामबारे समीक्षा गर्न सातै प्रदेशमा रणनीतिक भेला गर्न माग गरेका हुन् ।

पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाको बुधबार बानेश्वरमा बसेको संयुक्त बैठकले पार्टीको पक्षमा सोचेजस्तो मत परिणाम नआएको भन्दै यसका बारेमा पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पार्टी पराजयबारे वडा समितिबाटै बहस चलाउनु आवश्यक रहेको बताए ।

बैठकले कांग्रेस नेतृत्वको वर्तमान सरकारले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण आधारका रुपमा लिइएको निर्वाचन सम्पन्न गराएको भन्दै सरकारलाई धन्यवादसमेत व्यक्त गरेको छ ।

नेपाल महिला संघका अध्यक्ष उमा रेग्मीले पार्टीले निर्वाचनमा ल्याएको नतिजाबारे महासमितिको बैठक बोलाएर छलफल हुनुपर्ने बताइन् । बैठकले सरकारले राष्ट्रपतिसमक्ष बुझाएको अध्यादेश यथाशीघ्र प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रहसमेत गरेको छ । बैठकमा नेपाली कांग्रेसका विभिन्न भ्रातृ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);