राँगाले हान्दा वडाध्यक्ष सहित ४ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

रामेछाप, १४ भदौ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका–५ प्रितिमा मंगलबार बिहान राँगाले हान्दा वडाध्यक्ष कुबिर खत्रीसहित चारजना घाइते भएका छन्। खत्रीको अवस्था गम्भीर छ।

 

मान्छे आत्रमण गरिरहेको राँग नियन्त्रण गर्न नसकेपछि प्रहरीले गोली हानेर मारेको थियो। वडाध्यक्ष खत्रीको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि छिमेकी जिल्ला दोलखाको जिरी लगिएको छ।

राँगाले हान्दा प्रहरी कार्यालय प्रितीका एक प्रहरी जवानसहित स्थानीय मानबहादुर सार्की र कालु नेपाली घाइते भएका छन्।

ताजा समाचार