कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ

काठमाडौं, ५ माघ । करिब २ किलो लागू औषध कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ परेका छन ।

नेपाल प्रहरीले १ किलो ९ सय ५८ ग्राम कोकिनसहित बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई पक्राउ गरेको हो । लागू औषध नियन्त्रण व्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुलाई काठमाडौंको ठमेलस्थित एक होटलबाट पक्राउ गरिएको जानकारी दिएको हो ।

पक्राउ परेका दुवैजना अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

ताजा समाचार