इलामको चुलाचुलीमा जंगली हात्तीको आतंक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इलामको चुलाचुलीमा जंगली हात्तीको आतंक

इलाम, ५ माघ । जंगली हात्तीको समूहले इलामको चुलाचुली गाउँपालिकामा १० वटा घरमा क्षति पुर्याएको छ ।

झापाको बेलडाँगीनजिकैको जंगलबाट आएका सातवटा जंगली हात्तीको बथानले बिहीबार १० वटा घर भत्काउनुका साथै तीन बिघामा लगाएको बाली पूर्णरूपमा क्षति गरेको चुलाचुली गाउँपालिकाका प्रशासकीय अधिकृत छविलाल खतिवडाले जानकारी दिए ।

हात्तीले चुलाचुली–५ का ललितकेन्द्र राई, मनु राई, सञ्जय बस्नेत, होमनाथ अधिकारी, नेत्रप्रसाद बाँस्कोटा, वडा ४ का पदमकुमार एवा, मानबहादुर लिम्बू, सुमन लिम्बू, चन्द्रकुमार लिम्बू र नरबहादुर भुजेलको घर भत्काएको अधिकृत खतिवडाले बताए । जंगली हात्तीका कारण चुलाचुलीका ४ र ५ नम्बर वडाका पाँच परिवार विस्थापित भएका छन् भने ४० भन्दा बढी परिवार हात्ती आक्रमणको जोखिममा छन् ।

घर भत्किएकाहरू आफन्तकहाँ आश्रय लिएर बसेका छन् । पुस २६ गतेयता दिनहुँजसो हात्ती गाउँमा आएर क्षति गर्ने गरेको स्थानीयले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);