चितवनमा माछापोखरी खन्ने क्रममा इनार फेला पर्‍यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चितवनमा माछापोखरी खन्ने क्रममा इनार फेला पर्‍यो

चितवन, ५ माघ । चितवनको रत्ननगरमा माछापोखरी खन्ने क्रममा इनार फेला परेको छ ।

रत्ननगर नगरपालिका–९, लालपर्सास्थित इन्द्रराज राउतले आफ्नै खेतमा माछापालनका लागि पोखरी खन्ने क्रममा इनार भेटिएको हो । माछापोखरीका लागि झन्डै सात मिटर गहिरो खनेर कोदालोले माटो सम्याउने क्रममा इनार भेटिएको राउतले जानकारी दिए ।

इनार भेटिएलगत्तै पोखरी निर्माण कार्य तत्कालका लागि रोकिएको छ । पुरातात्विक विभागले पत्रचार गरेर नै तत्कालका लागि इनार वरिपरि कुनै पनि संरचना नबनाउन पत्रचार गरेको हो । यो इनार गौतम बुद्धको पालाको हुनसक्ने विभागको अनुमान छ ।

विभागले केही साताभित्रै उत्खनन कार्यलाई प्राथमिकता दिने तयारी थालेको छ । उत्खनन र इनारको संरक्षण कार्यमा समेत सहयोग गर्न रत्ननगर नगरपालिकालाई विभागले आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);