पत्रकार डम्बर थापाको परिवालाई आर्थिक सहयोग प्रदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पत्रकार डम्बर थापाको परिवालाई आर्थिक सहयोग प्रदान

सुनसरी, ५ माघ । सुनसरीका अग्रज पत्रकार डम्बर थापाको परिवालाई नेपाल पत्रकार महासंघ सुनसरी शाखाले आर्थिक सहयोग गरेको छ ।

महासंघको टोलीले सोमबार निधन भएका पत्रकार थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै उनको परिवारलाई ३७ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । थापाको परिवारलाई महासंघ सुनसरी शाखाको तर्फबाट १५ हजार, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको तर्फबाट १० हजार र स्थानीय सञ्चारकर्मीबाट उठेको १२ हजार रुपैयाँ प्रदान गरिएको पत्रकार महासंघका सुनसरी सदस्य अजितकुमार झाले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);