धरानका मेयर साङपाङविरुद्ध आन्दोलनमा उत्रिए पत्रकार | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

धरानका मेयर साङपाङविरुद्ध आन्दोलनमा उत्रिए पत्रकार

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईबिरुद्ध सुनसरीका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।

मेयर राईको अभिव्यक्ति र व्यवहारले आफूहरु असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा उनीहरु आन्दोलनमा उत्रिएका हुन् । शुक्रवार (आज) महासंघले मेयर राईले सामाजिक सञ्जाल फेसबुकमा समेत पत्रकारहरुको बिरोध गर्न आफ्ना समर्थकहरुलाई उक्साएको आरोप लगाउँदै आफूहरुको सुरक्षा गर्न माग गर्दै सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाएको छ । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर मेयर राईबाट आफूहरुको सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् । सामाजिक सञ्जालमा समेत मेयर राईले आफूहरु बिरुद्ध आफ्ना सकर्थकहरुलाई परिचालन गर्ने प्रयास गरेकाले सुरक्षाका लागि आफूहरुले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउनु परेको महासंघका अध्यक्ष जनकऋषि राईले बताउनु भयो ।

उहाँले भन्नुभयो, फेसबुकबाट व्यक्त गर्ने विचारहरुले हामीप्रति उहाँले आफ्ना कार्यकर्ताहरुलाई उक्साइरहेको छ भन्ने हाम्रो ठम्याई हो । त्यो कारणले हामी यहाँ असुरक्षित छौं । यो असुरक्षालाई तपाईहरुको तर्फबाट सम्बोधन गरिनुपर्छ । हामी असुरक्षित भयौं । त्यही कारणले हामीले सुनसरीका धरान कार्यक्षेत्र बनाएका साथीहरुलाई आफू सुरक्षित रहेर मात्रै पत्रकारिता गर्नुहोला भनेर हामीले हिजोको बैठकबाट अनुरोध पनि गरेका छौं ।

मेयर राई बिरुद्धको पत्रकार महासंघ सुनसरीको आन्दोलनलाई पत्रकार महासंघ मोरङ र कोशी प्रदेश समिति समेतले ऐक्यवद्धता जनाएको छ ।

Leave a Reply

ताजा समाचार