भारतले महाकाली नदि नेपाल तर्फ डाइभर्ट गर्न खोज्दा ढुङ्गा हानाहान | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

भारतले महाकाली नदि नेपाल तर्फ डाइभर्ट गर्न खोज्दा ढुङ्गा हानाहान

बासुदेव बडु । भारतले महाकाली नदिमा तटबन्ध निर्माण गर्न महाकाली नदि नेपाल तर्फ डाइभर्ट गर्न खोज्दा नेपाल र भारतका स्थानीयहरु बीच ढुङ्गा हानाहान भएको छ।

महाकाली नदि नेपाल तर्फ डाइभर्ट गर्दा महाकाली न.पा ४ को बाङ्गाबगर छेत्र बाढी को उच्च जोखिममा पर्ने भन्दै बाङ्गाबगर छेत्रका बासिन्दाले समय समयमा महाकाली नदि डाइभर्ट नगर्न भनि बिरोध गर्न थाले पछि भारतिय पछ्य ले ढुङ्गा हान्दा नेपाल तर्फ बाट पनि ढुङ्गा हान्दा केही बेर स्थिती तनावग्रस्त बनेको हो।

तटबन्ध निर्माणका लागि नदि डाइभर्सन गर्ने र पछि नदिको डाइभर्सन हटाउने भनि दुई देशका प्रशासनिक अधिकारी बीच सहमति भएपनि भारतीय पक्षले सहमति कार्यान्वयनमा नल्याउँदा समस्या देखिएको छ ।

गत भदौ २४ गते महाकाली नदिमा आएको बढी ले बाङ्गाबगर छेत्र को बस्ती र तटबन्धमा ठूलो छति पुर्याएको थियो भने सो छेत्रमा अहिलेसम्म तटबन्ध निर्माण तथा मर्मत भएको छैन ।

यसरी भारतीय पक्षले महाकाली नदिमा मनमानी गर्दा नेपाल र भारतका स्थानीय हरु बिच समय समयमा ढुङ्गा हानाहान हुने गरेको छ तर नेपाल सरकार मौन रहेको देखिएको छ।

अहिले बाङ्गाबगर को महाकाली तटबन्ध छेत्रमा स्थिति थप जटिल नबनोस भनि नेपाल तर्फ नेपाल प्रहरी र ससस्त्र प्रहरी तथा भारत तर्फ भारतिय प्रहरि खटिएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);