नेपालको एक तिहाई भू-भाग अंग्रेज साम्राज्यवादले लुटेर लग्यो : दीनानाथ शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपालको एक तिहाई भू-भाग अंग्रेज साम्राज्यवादले लुटेर लग्यो : दीनानाथ शर्मा

dinanath sharma

काठमाडौं, ४ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्ने बताउनुभएको छ ।

नेपालको नयाँ राजनीतिक नक्सालाई निशान छापमा समावेस गर्न प्रस्ताव गरिएको संविधान संशोधन विधेयक २०७७माथिको छलफलका क्रममा शर्माले भारतले तत्काल नेपालको भूमि फिर्ता गर्नुपर्ने बताउनुभएको हो । उहाँले दुवै छिमेकी असल मित्र भएकाले तत्काल नेपालको भूमि फिर्ता गर्न भारतले सक्नुपर्ने बताउनुभयो । उहाँले नेपालीहरुको सदासयता, मित्रता र आत्मियताले कालापानी लगायतका उत्तरी सिमामा भारतीय चेकपोस्ट राख्न दिइएको तर अहिले भरातले त्यही भूमिलाई आफ्नो बनाउन खोजेको बताउनुभयो । उहाँले नेपालको भूमिमा बसेको भारतीय सेना समेत तत्काल फिर्ता गर्नुपर्ने उहाँले बताउनुभयो ।

भारत नेपालको असल मित्र भएको र भरतले पनि नेपाललाई असल मित्र मानेको छ भने अंग्रेजले नेपालबाट लुटेको भूभाग समेत फिर्ता दिनुपर्ने शर्माले बताउनुभयो । उहाँले भारतले नेपालसँग जोलिबेटी र डोलिबेटीको सम्बन्ध चाहन्छ भने नेपालबाट लुटिएको पूर्वको भू-भाग दार्जिलिङ र पश्चिमको भूभाग काकँडा समेत फिर्ता दिनुपर्ने बताउनुभयो ।

१८१६ मा भएको सुगौली सन्धिबाट अंग्रेजले नेपालको भूमि लुटेर लगेको स्पस्ट पार्दै नेपालले सम्झौतलाई बाध्य भएर मान्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘१८१६ मा भएको सुगौली सन्धिको धारा ५ मा स्पस्ट रुपमा त्यो पनि शर्तमा पाँच नम्बर बुुँदामा अहिले पनि त्यो ५ नम्बर बुँदा ज्यूँदै छ । त्यो पाँच नम्बर बुँदामा महाकालि पश्चिम नेपाल नआउने भनेको छ । महाकालि नदि साझा नदि हो भनेर हामीले एकपटक २०५२-५३ मा नारा लगायौं सडकमा । महाकाली नदि साझा नदी होइन महाकाली नदी नेपालको हो । त्यो सन्धिको मर्म अहिले पनि हामी सबैले पढन सक्छौं हेर्न सक्छौं । सुगौलि सन्धिको ५ नम्बर बुँदाले महाकाली पश्चिमको भूभागमा नेपाल नआउने मेचि पूर्वको भूभागमा नेपाल नजाने । त्यो बेला हामीले नेपालको एक तिहाई भूभाग गुमाएका छौं । १ हजार ८ सय वर्ग किलोमिटर हाम्रो भूभाग अंग्रेज साम्रज्यवादले लुटेर लगेको छ । त्यसकारणले त्यो भूभाग हाम्रो लुटेर लगेको छ ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);