काठमाडौं, ४ असार । राष्ट्रिय सभामा नेपालको संशोधन दास्रो संशोधन विधेयक २०७७ माथिको दफावार छलफलमा सहभागी हुँदै सांसद शेखर कुमार सिंहले मधेशी फ्रन्टलाईनको फ्रन्ट सिपाही भएको बताउनुभयो । उहाँले मधेशीमाथि अन्धविश्वास नर्गन आग्रह गर्नुभयो । सांसद सिंहले जुनसुकै अग्नी परीक्षा दिन अगाडि रहने बताउनुभयो । उहाँले प्रतिनिधि सभाबाट पास भएको विषयमा अक्षर अक्षर पालन गर्दै संविधान संशोधनको विषयमा एक रहेको बताउनु भयो ।




