महाकाली नदिमा बेवारिसे शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

महाकाली नदिमा बेवारिसे शव फेला

बासुदेव बडु । दार्चुलामा महाकाली नदि वगेर आएको एक पुरूषको वेवारिसे शव फेला परेको छ । आज विहान दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ नम्सिकार स्थित महाकाली नदीको बिच भागमा ढुङ्गामा अड्किएको अवस्थामा एक पुरूषको शव फेला परेको हो ।

नाम उमेर ठेगाना नखुलेका अन्दाजी बर्ष ३०/३५ को पुरुष को शव महाकाली नदि मा रहेको भनि जानकारी प्राप्त हुना साथ उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय दार्चुला बाट प्रहरी टोली खटिएर उक्त शव महाकाली नदीबाट निकाली जिल्ला अस्पताल दार्चुलाको लास घरमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

सो शव को हाल सम्म सनाखत हुन नसकेको र मृतक को लुगा को खल्तीमा अन्जनि टुर एण्ड ट्राभल्स टनकपुर, महेन्द्रनगर, बरेली, हल्द्वानी, हरीद्वार, देहरादुन,दिल्ली लेखेको भिजिटिङ कार्ड फेला परेको तथा अन्य कुनै परिचय खुल्ने कागज पत्र नभेटिएको र शव सनाखत का लागि जिल्ला अस्पताल दार्चुला को लास घर मा राखिएको प्रहरी ले जानकारी दिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);