लागू औषध कारोवारमा संलग्न १ भारतीय सहित ३ पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

लागू औषध कारोवारमा संलग्न १ भारतीय सहित ३ पक्राउ

काठकाडौं, २३ फागुन । लागू औषध कारोवारमा संलग्न एक भारतीय नागरिकसहित ३ जना पक्राउ परेका छन् । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी डाईजाल्याप, नुफिन, फेनारागन लगायतका लागू औषधसहित नुवाकोट तलाखुका वर्ष २५ का सुनिल घिमिरे, बारा गढिमाईका ३३ वर्षका विगु रायभर र भारत भरदंगाका २६ वर्षका महम्मद रीयाजुदिनलाई काठमाडाैँको विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी गराएको हो ।

पक्राउ परेकाहरुको साथबाट ५ हजार ४ सय ९ थान लागू औषध बरामद गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

भारतको रक्सौल तथा अन्य नाकाहरुबाट काठमाडौं आउने बिभिन्न नाकाहरुमा लागू औषध भित्रने सूचना प्राप्त भएपछि सोही आधारमा चेकजाँच गर्दा ठूलो परिमाणको लागू औषधसहित ३ जनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);