नेपाल दूधको उत्पादनमा आत्मनिर्भरतातर्फ लाग्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ ५ २०८३, शनिबार

नेपाल दूधको उत्पादनमा आत्मनिर्भरतातर्फ लाग्दै


पोखरा, २९ फागुन । नेपाल दूधको उत्पादनमा आत्मनिर्भरतातर्फ लागेको छ । तर पनि अपेक्षितरूपमा उत्पादनमा फड्को मार्न नसकेकाले पूर्णरुपमा आत्मनिर्भर हुन नसकेको बताइएको छ ।

पोखरामा आयोजित भएको १२ औं वार्षिक साधारणसभामा हालको दूधको उपलब्धता प्रतिव्यक्ति ७८ लिटर प्रतिवर्ष रहेको बताइएको छ । दूधमा आत्मनिर्भर हुनको लागि विश्व खाद्य तथा कृषि संगठनको सिफारिसअनुसार दैनिक २५२ मिलि प्रतिव्यक्ति वा वार्षिक ९१ लिटर प्रतिव्यक्ति आवश्यक पर्छ। हाल नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अपुग रहेको बताइएको छ ।

दुग्ध क्षेत्रको मात्र कूल राष्ट्रिय उत्पादनमा नौ प्रतिशत योगदान रहेको र दैनिक पाँच करोड तथा वार्षिक १२ अर्ब रुपैयाँ शहरबाट गाउँतर्फ नगद प्रवाह भइरहेका कारण दुग्ध उत्पादन व्यवसाय ग्रामीण स्वरोजगारको मुख्य अंग बनेको छ। नेपालमा भारत तथा तेस्रो मुलुकबाट करिब दुई अर्बभन्दा बढीको दूध र दुग्धजन्य पदार्थ आयात भइरहेको छ ।

Leave a Reply

ताजा समाचार