भारतीय दूधले नेपाली व्यवसायी समस्यामा: प्रत्येक दिन हजार लिटर दूध भित्रिन्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालगन्ज, ३१ असोज । अवैध रुपमा भित्रिने भारतीय दूधका कारण नेपाली व्यवसायी समस्यामा परेका छन् । गुणस्तर जाँचबिनै दैनिक करिब एक हजार लिटर दूध भारतबाट नेपाल आउने गरेको छ । भारतीय दूधको अवैध आयातले नेपाली व्यवसायी संकटमा परेको दुग्ध व्यवसायी संकटमा परेको दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष बदरुद्दिन अन्सारीले बताए।

उनले भने, ‘हाम्रा उद्योग धरासायी बनेको छ । पशु हेटक्वारेन्टइन कार्यालयका अनुसार प्रत्येक दिन रुपौडिया नाकाबाट नौ सय ५० लिटर दूध नेपाल आउने गरेको छ। सहायक नाकाबाट पनि दुई देखि तीनसय लिटर दूध भारतबाट नेपालगन्जलगायत बाँकेका अन्य साना सहरमा पुग्ने गरेको छ।’

भारत सरकारले पशुपालक कृषकलाई विभिन्न किसिमका सहुलियत दिने भएकाले भारतीय कृषकले उत्पादन गरेको दूधको मूल्य सस्तो हुने गरेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);