कांग्रेस-लोकतान्त्रिक फोरम एकताः कम्युनिष्ट अधिनायकवाद रोक्न एकीकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

काठमाडौँ, ३१ असोज । एक दशकपछि विजयकुमार गच्छादार नेपाली कांग्रेसमा फर्केका छन् । २०६४ माघ १८ गते कांग्रेसबाट अलग भएस मधेसी जनअधिकार फोरम नेपाल हुँदै २०६६ सालदेखि नेपाल लोकतान्त्रिक फोरमको नेतृत्व गर्दे आएका गच्छादारले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससंग पार्टी एकता गरेका हुन्।

आईतबार साँझ नै कांग्रेस सभापति शेरबहादुर देउवा र गच्छादारले पार्टी एकीकरण सहमतिपत्रमा हस्ताक्षर गरे पनि सोमबार अयोजित घोषणासभामा मात्र दुवै नेताले त्यसलाई सार्वजनिक गरे।

सहमति पत्रमा मुलुकको राजनीतिलाई अधिनायकवादतर्फ धकेल्ने प्रयत्न भईरहेकाले संविधानसभाबाट जारी संविधान र लोकतन्त्रलाई अझै मजबुद बनाउन पार्टी एकीकरण गरिएको उल्लेख छ।,

एकता सभामा नेता रामचन्द्र पौडेलले कम्युनिष्टले मुलुकलाई ध्रुवीकरण गर्दै अस्थिरतातर्फ लैजान लागेको बेला फोरम लोकतान्त्रिकसंगको एकीकरण सकारत्मक रहेको दावी गरे। आजको नागरिक दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);