बजेट प्राथमिकता विहिन फेहरिस्त : मिनेन्द्र रिजाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बजेट प्राथमिकता विहिन फेहरिस्त : मिनेन्द्र रिजाल

minendra rijal

काठमाडौं, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको आर्थिक बर्ष २०७५÷७६ को बजेट प्राथमिकता विहिन फेहरिस्त मात्रै भएको टिप्पणी गरेको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष ७५÷ ७६ को बजेटमाथिको छलफलका क्रममा नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले बजेट प्राथमिकता विहिन फेहरिस्त मात्रै भएको बताएका हुन् ।

उनले निजी क्षेत्रको लगानी हत्तोत्साही गर्दै नेपाली जनतालाई कर र रिणको बोझमा पार्ने गरि तय गरिएका कार्यक्रम तथा सरकारका लक्ष महत्वकांक्षी भएको बताए । स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रमका नाममा निर्वाचन क्षेत्रलाई केन्द्रीत गरेर छुट्टाईएको बजेटले विशेष गरेर आफ्नै कार्यकर्तालाई विभिन्न किसिमले भरण पोषण गर्ने काम सरकारले गरेको रिजालले आरोप लगाए ।

जनतालाई निरास पार्नुको साथै नीजि क्षेत्रलाई हतोत्साही र अन्तर्राष्ट्रिय लगानीलाई निरुत्साहीत गराउने काम बजेटले गरेको उनले बताए । उनले पुर्वाग्रही ढंगले पुर्ववर्ती सरकारले ल्याएका सामाजिक सुरक्षाको कार्यक्रम कटौति गरिएको आरोप लगाए ।

प्रधानमन्त्री रोजगारी कोषले सर्वसाधरणलाई रोजगार बनाउनुको सट्टा प्रधानमन्त्री पदको रोजगारी श्रृजना गर्ने उनको तर्क छ । कम्युनिष्ट घोषणापत्रले धेरै कुरा गरेको भए पनि त्यसलाई सम्बोधन गर्नेगरी बजेट नआएको उल्लेख गर्दै उनले चर्को राष्ट्रवादको नारा छोडे जस्तै आकर्षक चुनावी नारालाई पनि बजेटले छोडेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रति लक्षित गर्दै उनले हिन्द महासागर जाने निम्तो दिए पनि त्यसलाई सार्थक बनाउने गरि सम्बन्धित शीर्षकमा बजेट विनियोजन नगरिएको टिप्पणी गरे । उनले हठ र अंहकारबाट आर्थिक उन्नतिको बाटो सुरु हुन सक्दैन भन्ने सन्देश बजेटमा दिएकाले अर्थमन्त्रीको प्रशंसा गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);