अर्थमन्त्रीले निजी क्षेत्रलाई धम्क्याए : सांसद विश्वकर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

अर्थमन्त्रीले निजी क्षेत्रलाई धम्क्याए : सांसद विश्वकर्मा

काठमाडौं, १७ जेठ । नेपाली कांग्रेसका सांसद मिन बहादुर विश्वकर्माले अर्थमन्त्रीले निजी क्षेत्रलाई धम्क्याउने काम गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको २०७५/७६ को विनियोजित बजेटमाथि धारणा राख्दै उनले निजी क्षेत्रलाई लगानीको लागि प्रोत्साहन गर्नुको सट्टा अर्थमन्त्रीले धम्क्याउने काम गरेको आरोप लगाए ।

बजेटमा निजी क्षेत्रलाई लगानीलाई प्रोत्साहन नगरेर सहकारीलाई प्राथमिकता दिएका अर्थमन्त्रीले सार्वजनिक कार्यक्रममा औलो ठड्याएर “अब कुनै पनि व्यवसायीलाई मन परि गर्ने छुट छैन” भन्दै धम्काउने काम गरेको आरोप लगाए ।

उनले निजी क्षेत्रलाई लगानीको प्रोत्साहन नदिएर सहकारीलाई प्राथमिकता दिएर सरकारले कार्यकर्ता पोस्ने काम गरेको आरोप लगाए । उनले बजेट हावादारी भएको भन्दै कार्यान्वयन हुन नसक्ने ठोकुवा गरे ।

सरकार आफै सिण्डिकेट खडा गर्न उद्धत रहेको भन्दै उनले सुनको तस्करी मौलाउनुमा तत्कालिन सरकारको निति जिम्मेवार रहेको दाबी गरे ।

तीन तहको स्वायक्त सरकार निर्माण भईसकेको अवस्थामा ती सरकारलाई मातहतका निकाय ठानी मुस्किलले ३० प्रतिशत मात्रै बजेट विनियोजन गरिनु संविधान र संघियताको भावना विपरित भएको उनले टिप्पणी गरे ।

समाजवाद उन्मुख अर्थनीति तयार गर्ने भनिएको भएपनि उत्पादनमा प्राथमिकता नदिई लगातार बाड्ने नीति अबलम्बन गरिएको उनको तर्क थियो । कमाउनेसंग प्रशस्त कर लिएर कमाउन नसक्नेलाई सामाजिक सुरक्षा मार्फत भत्ता वितरण गर्नु समाजवाद उन्मुख अर्थनीति हुने भन्दै उनले उत्पादनमा प्राथमिकता विनाको बाँड्ने नीतिले मुलुकको अर्थतन्त्र धरापमा परेको समाजवाद उन्मुख हुने टिप्पणी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);