आगामी आर्थिक वर्ष २०७७-७८ को बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

आगामी आर्थिक वर्ष २०७७-७८ को बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित

arthamantri-jawaf

काठमाडौं, २८ जेठ । संसदमा आगामी आर्थिक वर्ष २०७७-७८ को बजेट बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकले बजेट बहुमतले पारित गरेको हो । सरकारको तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जेठ १५ गते संघीय संसद प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठकमा बजेट पेश गर्नुभएको थियो । बुधवार अर्थमन्त्री खतिवडाले बजेट पारितको प्रस्ताव बहुमतले पारित गरिएको हो ।

मन्त्रीहरुले जवाफ दिएपछि बजेटमाथिको छलफल बुधवार नै सकिएको थियो । बैठकमा नेकपाका सांसदहरूले बजेट अर्थात बिनियोजन बिधेयकका पक्षमा मत जाहेर गरेका थिए भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस गायतका बिपक्षी दलका सांसदहरूले विपक्षमा मत जाहेर गरेका थिए ।

बिपक्षी दलका सांसदहरुले विनियोजन विधेयक माथि राखेका खर्चकटौतीका प्रस्तावहरु बहुमतले अस्वीकृत भएको थियो । बजेटमा राखिएका सरकारका कतिपय कार्यक्रमलाई लिएर सत्तारुढ दलका सांसदहरूले नै आलोचना गरेका थिए । आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेस गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);