राष्ट्रियसभाको शून्य र विशेष समयमा सांसदले के भने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रियसभाको शून्य र विशेष समयमा सांसदले के भने ?

rastriya sabha

काठमाडाैं, २८ जेठ । राष्ट्रियसभाको शून्य र विशेष समयमा बोल्ने सांसदहरुले देशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार राष्ट्रियसभाको शून्य समयमा सांसद मृगेन्द्र कुमार सिंह यादवले जागिरबाट हटाएपछि अछामका सिद्धार्थ औजीले आत्मदाह गरेको घटनाको छानबिन गरी पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद विमला राई पौडेलले रुपन्देहीमा भएको सामूहिक हत्या मानसिक रोगको उपज भएको उल्लेख गर्दै मानसिक स्वास्थ्यका लागि ठाउँठाउँमा मनोसामाजिक चिकित्सकलाई खटाउन सरकारसंग माग गर्नुभयो ।

यसैगरी सांसद राधेश्याम अधिकारीले लक डाउनका कारण नागरिक र प्रहरीबीचको दुरी बढ्दै गएको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद रामनारायण विडारीले टिप्पर चालकका कारण सडक दुर्घटनाबाट मानवीय क्षति धेरै हुने गरेको उल्लेख गर्दै चेकजाँचमा कडाई गर्न आग्रह गर्नुभयो ।

बुधबार नै राष्ट्रियसभाको विशेष समयमा बोल्दै सदस्य सुमनराज प्याकुरेलले भारत लगायत तेस्रो मुलुकबाट आएकाहरुबाट नेपालमा कोरोना संक्रमण बढेको बताउनु भयो ।.

सांसद रमेशजंग रायमाझीले महामारी नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्बको हिसाब मागेको जनताले मागेको उल्लेख गर्दै उहाँले सरकारको कार्यशैली सन्तोषजनक नभएको बताउनुभयो ।

सांसदहरुले बढ्दो कोरोना संक्रमण र लकडाउनका कारण उत्पन्न समस्याप्रति गम्भिर हुन सरकारसंग आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);