मकै खेतीमा रोग लागेपछि कृषकहरु चिन्तित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मकै खेतीमा रोग लागेपछि कृषकहरु चिन्तित

श्याम गुप्ता
बारा, ९ माघ 
। बारामा लगाइएको हिउँदे मकै खेतीमा विभिन्न रोग लागेपछि कृषकहरु चिन्तित भएका छन् । मकैको विरुवा उम्रना साथ रोग लागेपछि उत्पादनमा कमि हुने भन्दै कृषक चिन्तित भएका हुन् ।

बारका कृषकहरुले नगदे बालीको रुपमा हिउँदे मकै खेती गर्ने गरेका छन् । तर यो पटक विभिन्न प्रकारको रोग र चिसोको कारण दश प्रतिशत भन्दा बढी मकैको विरुवा नष्ट भएको छ । मकैको बिरुवा उम्रना साथ कटुवा रोग, लिफ लाईट ब्लाईट र ह्वाईट ग्लो रोगको कारण मकैको विरुवा नष्ट भएको हो । बिषादीको प्रयोग गर्दा पनि प्रकोप नघटेकाले कृषक चिन्तित भएका छन् । प्रकोप नियन्त्रणको लागि जिल्ला कृषि विकास कार्यालय बाराले चासो नदिएको कृषकको गुनासो छ ।

बारामा नगदे बालीको रुपमा मकै खेती गर्ने कृषकको संख्या बढेको छ । कृषकको संख्या बढेपछि कर्मचारीको अभावका कारण अनुगम हुन नसकेको जिल्ला कृषि विकास कार्यालयको भनाई छ । बारामा १३ हजार ४ सय पचास हेक्टर क्षेत्रफलमा कृषकहरुले हिउँदे मकै खेती गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);