अर्घाखाँचीमा बोलेरो जीप दुर्घटना हुँदा ३ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अर्घाखाँचीमा बोलेरो जीप दुर्घटना हुँदा ३ जना घाइते

बिष्णु खनाल
अर्घाखाँची, ८ चैत ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ चुत्राबेसीमा आज बिहान बोलेरो जीप दुर्घटना भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।

सन्धिखर्क नगरपालिका ९ अर्घा सक्रेटीबाट सन्धिखर्क आउदै गरेको लु १ ज ४५३८ नम्बरको बोलेरो जीप चुत्राबेसीको जनज्योती मावि नजिकै दुर्घटना भएको हो ।

घाइतेमध्ये सन्धिखर्क ९ अर्घाका ४२ बर्षिय चालक ठग बहादुर घर्ती र ६६ बर्षिय सिता खत्रीलाई अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।

अर्का एक जना १८ बर्षिय विजय खत्रीको अवस्था सामान्य रहेको छ । उनको अर्घाखाँची अस्पतालमा उपचार भैरहेको छ । बोलेरो जीप तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जीप सडकदेखि ५० मिटर तल खसेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);