महोत्तरीमा देउसी खेल्न गएका युवाको ट्याक्टरबाट लडेर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

महोत्तरीमा देउसी खेल्न गएका युवाको ट्याक्टरबाट लडेर मृत्यु

महोत्तरी  । देउसी-भैलो खेल्न गएका एकजनाको शनिबार राति मृत्यु भएको छ ।  ट्याक्टरमा बसेर महोत्तरी गौशालाको रजखोरदेखि रामनगरतर्फ जाने क्रममा रजखोरका स्थानीय २२ वर्षीय युवा अजय रानाको मृत्यु भएको हो ।

ट्याक्टरबाट लडेर टाउकोमा गहिरो चोट लागेका रानाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । २० जनाको समूह बनाएर स्थानीय युवा देउसी खेल्न ट्याक्टर मा यात्रा गरेर  रामनगरतर्फ गएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);