एजेन्सी, १२ फागुन । भारतीय जनता पार्टी भाजपाका वरिष्ठ नेता सुब्रमण्यम स्वामीले नेपालको सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्नु सुखद खबर भएको बताएका छन् ।
पूर्व केन्द्रीय मन्त्री समेत रहेका नेता स्वामीले नेपालमा संसद पुनर्स्थापना हुनु सुखद भएको ट्विट गरेका हुन् । उनले नेपालमा लोकतन्त्र बहाली हुने आशा व्यक्त गर्दै त्यसपछि भारत नेपाल सम्बन्ध पनि सुधार्न सकिने प्रतिक्रिया दिएका छन् ।




