आजदेखि तेस्रो लगानी सम्मेलन सुरु, ४० देशका ६ सयभन्दा बढी सहभागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

आजदेखि तेस्रो लगानी सम्मेलन सुरु, ४० देशका ६ सयभन्दा बढी सहभागी

lagani

काठमाडौं, १५ चैत । आजदेखि नेपाल लगानी सम्मेलन, २०७५ राजधानीमा शुरू हु“दैछ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा ४० देशका ६ सयभन्दा बढी सरकारी प्रतिनिधि, उद्योगी, व्यवसायीको सहभागी रहने बताइएको छ ।

सम्मेलनमा नेपालले कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, शहरी पूर्वाधार एवम् शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ३० खर्ब रुपिया“भन्दा बढीका ७७ वटा परियोजना प्रस्तुत हुनेछ । अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार सम्मेलनमा करिब १२ वटा समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर हुनेछ ।

कुन देशबाट कति जना ? 
चीन–२६५
भारत–१२०
जापान–२१
म्यानमार–१९
दक्षिण कोरिया–१७
ओमन–१३
युएइ–१२
मलेसिया–१२
क्यानडा–१०
अमेरिका–१०
श्रीलंका–१०
जर्मनी–९
बेलायत–९

सरकारी स्रोतका अनुसार सम्मेलनमा विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंकअन्तर्गतको बहुपक्षीय लगानी प्रत्याभूतिसम्बन्धी निकायका उपाध्यक्ष तथा कार्यकारी केइको होन्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेश, एसियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष होङ ली सहभागी हुने छन् ।

यस्तै म्यान्मारका लगानी तथा विदेश आर्थिकसम्बन्धी मन्त्री यू थाउङ टुनलगायत माइक्रोसफ्ट्, अमेजन, पावर चाइना, चाइना रेल्वे, डाबरलगायतका विश्वस्तरीय कम्पनीका प्रतिनिधिको सहभागिता रहनेछ । सरकारले अहिले गर्न लागेको लगानी सम्मेलन तेस्रो हो ।

यसअघि वि.सं २०४८ सालमा पहिलो लगानी सम्मेलन गरिएको थियो भने वि.सं २०७३ मा दोस्रो लगानी सम्मेलन भएको थियो । अहिले विश्वलाई लगानीको वातावरण बनेको सन्देश दिंदै देशलाई आर्थिक समृद्धिको मार्गमा डो¥याउन लगानी भित्याउने उद्देश्यले तेस्रो लगानी सम्मेलन गर्न लागिएको हो । यो समाचार आजको नेपाल समाचार पत्रमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);