डडेल्धुरामा किबी फलको व्यवसायिक खेती सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

डडेल्धुरामा किबी फलको व्यवसायिक खेती सुरु

kiwi kheti

बिमल जैरु
डडेल्धुरा, १४ चैत । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा पनि किबी फलको व्यवसायिक उत्पादन सुरु भएको छ । किबी खेतीबाट किसानले एकै मौसममा छ लाखसम्म आम्दानी गरेका छन ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा पहिलोपटक दह व्यारेकका स्थानीय बासिन्दा गणेशबहादुर ऐरले आफ्नो ६ रोपनी जमिनमा किबी फलको व्यवसायीक खेती सुरु गरेका छन् । उनले चार वर्ष पहिले एक सय १० किविको विरुवा लगाएका थिए ।

गत वर्षको भन्दा यो वर्ष किबी फलको उत्पादन दोव्वरले वढी रहेको उनी बताउँछन् । एक मौसममा किबीबाट छ लाखसम्म आम्दानी भएको उनले बताए ।

गणेश ऐरलाई परिवारका आठ जना सदस्यले पनि किबी खेति गर्न सघाई रहेका छन । किबी विक्रिका लागि उनलाई बजारसम्म धाउन पनि परेको छैन । किबी किन्नेहरु उनको घरमै पुग्ने गरेका छन् । घरबाटै बेच्दा राम्रो मुनाफा भईरहेको उनी बताउँछन् ।

डडेल्धुरामा किबीको बजार मूल्य ५ सय रुपैयाँ प्रतिकिलो रहेको छ । एक पटक लगाएको किबी फलको विरुवाबाट दीर्घकालिन समयसम्म उत्पादन लिन सकिने भएकाले किसानहरुको किबी फल खेतीतर्फ आर्कषण बढ्दै गईरहेको छ । किबी फलको खेतीका लागि डडेल्धुरा जिल्लाको हावापानी उपयुक्त रहेको अमरगढी नगरपालिका कृषि शाखा डडेल्धुराले जानकारी दिएको छ ।

पछिल्लो समय डडेल्धुराको दह व्यारेक, दमडा, बगरकोट, मालम, मौरडा खुल्लेख लगायतका ठाउँमा पनि किसानहरुले किबी फलको खेती गर्दै आएका छन् ।

किबी खेती एउटा उदाहरण मात्र हो । किसानले मेहनत गरी खेती गरे जुनसुकै व्यवसायिक खेतीबाट मनग्य आम्दानी गर्न सकिने कृषि वैज्ञानिकहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);